कारोबार


एक्साइडको नयाँ ब्याट्री बजारमा

एक्साइडको नयाँ ब्याट्री बजारमा

नेपालखबर
पुस ७, २०७६ सोमबार १२:१४,

नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यूपीएस ट्युब्लर ब्याट्री बजारमा भित्र्याएको छ।

मंगलबार आयोजित एक कार्यक्रममा, सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र एक्साइड इन्डस्ट्रियल इन्डियाका जनरल म्यानेजर अमिताभ बाक्क्षीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

उक्त कार्यक्रममा बोल्दै राजनबाबु श्रेष्ठले भने, ‘आगामी दिनमा यस ब्याट्रीले नयाँ उचाइ र आयाम छुने कुरामा विश्वस्त हुन सम्पूर्ण डिलरहरुलाई आग्रह गर्न चाहन्छु।’

साथै अमिताभ बाक्क्षीले नयाँ र अत्याधुनिक रोबस्ट स्पाईन टेक्नोलोजी जडित भएकाले यस ब्याट्रीले लामो समय सम्म ब्याकअप दिने र कम समयमै चार्ज हुने विशेषताका कारणले आउने दिनमा यो ब्याट्री ग्राहकहरुको पहिलो रोजाइ हुनेमा प्रालि विश्वस्त पारे।

४८ महिना वारेन्टी भएको यस ब्याट्रिमा डिप डिस्चार्ज गर्न मिल्ने, विशेष प्रकारको फ्लोट ले गर्दा पानी हाल्दा सजिलो र पोखिने जोखिम कम हुने, एसिड लेभल उच्च भएको हुँदा बारम्बार रिफिल गरी रहने झमेला नहुने लगायतका विशेषताहरु रहेको कुरा कम्पनीले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad