सिद्धार्थ बैंकले सोमबार प्रदेश नं ५ अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहा अवस्थित गोलबजार शाखा र लहान शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ।
बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको उद्घाटन लहान नगरपालिकाका मेयर मुनि शाह सुडीबाट भएको हो।
बैंकले दुहबी शाखा गत २०७५ फागुन २७ गते, गढी शाखा गत २०७४ माघ ७ गते, गोलबजार शाखा गत २०७६ कार्तिक १५ गते र लहान शाखा गत २०७५ वैशाख २३ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो।
उक्त लुम्बिनी शाखा विस्तारपश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ।
Shares

प्रतिक्रिया