जब बलिउड अभिनेता विवेक ओबेरोयले अभिनय यात्रा सुरु गरे, तब धेरैलाई लागेको थियो, उनी भविष्यमा स्टार बन्नेछन्। तर, उनले त्यो अनुमानलाई गलत साबित गरिदिए।
सन् २००२ मा कम्पनी फिल्मबाट अभिनय थालेका विवेकको करिअरबारे पछिल्लो समय अनेकौँले नकारात्मक टिप्पणी गरिरहेका छन्।
यसबारे विवेक आफैँ पनि सचेत रहेको जानकारी उनले दिएका छन्।
‘मलाई लाग्छ, करिअरबारे सबैभन्दा बढी अबिच्युरी लेखिएको रेकर्ड मेरो नाममा होला,’ उनले भनेका छन्, ‘थुप्रै पटक शुक्रबार मानिसहरुले भनेका छन्, ल हेर यो पटक चाहिँ यो मान्छे सिद्धियो। तर, मैले बारम्बार कमब्याक गरिरहेँ। वास्तवमा भन्ने हो भने यो रमाइलो यात्रा रह्यो।’
नकारात्मक बोल्नेहरुलाई पूर्णरुपमा बेवास्ता गर्ने शक्ति आफूमा रहेको उनले बताएका छन्। एजेन्सी

प्रतिक्रिया