ad ad

कारोबार


कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १२:८, काठमाडौँ

कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ। 

खातामार्फत वैदेशिक रोजगारीमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्काशनमा आवेदन दिने व्यवस्था मिलाइएको छ। 

श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक सेयरमा आवेदन दिन सकिनेछ। बैंकले शाखा अथवा अनलाइनमाध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रथमिक सेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधाले मद्दत गर्ने विश्वास गरिएको छ।

बैंकले देशव्यापी रुपमा १९९ शाखा सञ्जाल, १९५ एटीएम, ६० शाखारहित बैंकिङ्ग इकाइ तथा ३६ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .