ad ad

राजनीति


समानुपातिक सूचीले रास्वपामा विवाद, कार्यकर्ताले घेरे पार्टी कार्यालय

समानुपातिक सूचीले रास्वपामा विवाद, कार्यकर्ताले घेरे पार्टी कार्यालय

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १२:९, काठमाडौँ

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फका उम्मेदवार छनौटलाई लिएर विवाद भएको छ।

पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसदका रुपमा सिफारिस गर्ने तयारी भएपछ विवाद बढेको हो।

अहिले पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता कार्यकर्ता भेला भएका छन्। पार्टी एक नेताका अनुसार आजै टुंगो गर्न लागिएको बन्दसूचीको विषयलाई लिएर विवाद भएको हो। 

'निर्वाचन आयोगले मागेको बन्दसूचीको विवरण आजै अन्तिम रुप दिने तयराी छ', उनले भने, 'तर केही नामका विषयमा असन्तुष्टि बढ्यो। उहाँहरु कार्यालयमा जम्मा हुनुभएको छ।' 

रास्वपाले प्राइमरी इलेक्सन गरेर सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो। ४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ। समानुपातिकका केही नामहरु रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो। 

सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपा नेता लालविक्रम थापाले पार्टीलाई सही बाटोमा हिँडाउनुपर्ने बताएका छ्न। उनले आज सवा ११ बजे रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा खबरदारी कार्यक्रममा सहभागी हुन बुधबारै आग्रह गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .