कारोबार


बझाङमा नेशनल लाइफको २ दिने बीमा सचेतना कार्यक्रम

बझाङमा नेशनल लाइफको २ दिने बीमा सचेतना कार्यक्रम

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १८:७, काठमाडौँ

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। 

बीमा सचेतना प्रवर्द्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पु¥याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीतिअनुरुप आयोजना गरिएको यी कार्यक्रमहरुमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। 

कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानीयलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले धन्यवाद ज्ञापन गरेका थिए। 

यसै गरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिदै मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मा.वि. र बझाङको झोता स्थित भैरव मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो। 

यसअन्तर्गत कम्पनीका मार्केटिङ्ग विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको वारेमा प्रकाश पारेका थिए भने प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लिखित आधारभुत विषयहरुको वारेमा सहभागिहरुलाई जानकारी गराएका थिए। 

साथै उक्त कार्यक्रममा करिब १०० जना शिक्षकहरुको १ लाख रुपैयाँको म्यादि जीवन बीमा गरी प्रमुख कार्यकारी अधिकृतज्यूले बीमालेख हस्तान्तरण गरेका थिए। यसैगरी भैरव माविमा सम्पन्न गरिएको कार्यक्रममा मिर्गौला पीडित उजाला कुमारी दमाईलाई सीआरएसअन्तर्गत आर्थिक सहयोगस्वरुप २५ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । 

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सञ्चालन गरेको दुवै कार्यक्रम प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। 

कार्यक्रममा दुवै विद्यालयका करिब चार सय ५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो भने सहभागी विद्यार्थीहरुलाई कम्पनीको टि(शर्ट पनि वितरण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad