ललितपुरको लविम मलले १ वर्षमा २८ करोड रुपैयाँ आम्दानी गरेको छ।
ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनीले ८ करोड आम्दानी बढेको हो।
आर्थिक वर्ष २०७८/०७९ मा २८ करोड रुपैयाँ आम्दानी गर्दा २०७७/०७८ मा २० करोड आम्दानी गरेको थियो।
लविम मलले पसल भाडामा लगाएर आफ्नो आम्दानी गर्दै आएको छ। कम्पनी २०१६ बाट सञ्चालनमा आएको थियो। मलमा कपडा, फास्ट फुड, मनोरञ्जनका ब्रान्ड १०० भन्दा बढी छन्। त्यस्तै रेष्टुरेन्ट, बैंक्युट र ३ वटा फिल्म हल रहेका छन्।
लविम मलमा ४ जनाको लगानी रहेको छ। राजेश सिद्धिको ३७ प्रतिशत, नकिम उदिनको २६ प्रतिशत, भाष्कर ढुंगानाको २० प्रतिशत र रेशु अर्याल ढुंगनाको १७ प्रतिशत लगानी रहेको छ।
654
Shares

प्रतिक्रिया