शुभ श्री जगदम्बा सिमेन्ट मिलले ४ अर्ब २१ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ। वार्षिक ८ लाख क्षमताको उद्योगको आम्दानी घटेको हो।
आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ८७ करोडको आम्दानी रहेकोमा २०७८/०७९ मा ४ अर्ब २१ करोड मात्रै गरेको छ। १ वर्षमा कम्पनीको आम्दानी ६६ करोडले घटेको छ।
आर्थिक वर्ष २०७५/०७६ मा कम्पनीको आम्दानी करिब ६ अर्ब पुगेकोमा त्यसपछि घट्दै गएको छ।
संकर ग्रुप र सौरभ ग्रुपको लगानी रकेको कम्पनी पर्सामा रहेको छ। सौरभ ग्रुपको ६० प्रतिशत लगानी र शंकर ग्रुपको ४० प्रतिशत रहेको छ।
21
Shares

प्रतिक्रिया