ad ad

कारोबार


नेपाल आइडल सीजन ३ मा डिशहोमको आबद्धता

नेपाल आइडल सीजन ३ मा डिशहोमको आबद्धता

नेपालखबर
पुस २, २०७६ बुधबार १३:१९,

नेपाली संगीतका पारखीहरु र त्यस संगीतमा आफ्नो भविष्य देख्नेहरुले सर्वाधिक रुचाइएको रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल आइडल सीजन ३ यहि पुषदेखि शुरु हुँदैछ।

अन्तर्राष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपि वान् एचडिले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ र विगतका २ सीजनले नेपालमा पनि यसको लोकप्रियता शिखरमा रहेको प्रमाणित गरिसकेको छ। नेपाल आइडल कार्यक्रमको प्र्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमको रियानीटी टीभीच्यानल नं. १४३ मा पुनः प्रसारण गरिने छ।

नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा नेपालमा सर्वाधिक ग्राहक संख्या भएको तथा अन्तर्राष्ट्रिय स्तरको प्रसारण गुणस्तर भएको डिशहोम पनि आबद्ध भएको छ। डिशहोम नेपाल आइडल सीजन ३ सँग ‘पावर्ड बाई’ श्रेणीमा आवद्धे भएको छ।

यसै सन्दर्भमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटले भनेका छन्, ‘हामी दर्शकहरुलाई उत्कृष्ट गुणस्तरको प्रसारणमात्र होइन साथमा उत्कृष्ट मनोरन्जन प्रदान गर्न पनि अग्रसर रहँदै आएका छौं। यसभन्दा अघिका अन्य रियालिटी शोहरुलाई जस्तै नेपाल अइडल ३ सँग पनि संलग्न हुन पाएकोमा हामी हर्षित छौं। हामीलाई विश्वास छ डिशहोमको उत्ृकष्ट प्रविधिमार्फत् यो शो हेर्नु हुने दर्शकहरुले आफूलाई प्रत्यक्ष संलग्न भैरहेको महसुस गर्नु हुनेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .