ad ad

समाज


जिप दुर्घटनामा प्रहरी जवानको मृत्यु

जिप दुर्घटनामा प्रहरी जवानको मृत्यु

नेपालखबर
पुस २, २०७६ बुधबार १३:४०,

बैतडीमा जिप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका १ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेका छन्।

बैतडीस्थित पुरघाट प्रहरी चौकी हाटमा कार्यरत प्रहरी जवान श्रेष्ठको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका ६ सनगाउँमा सडकमै जिप पल्टेको हो।

जिपमा सवार अन्य सातजनाको अवस्था समान्य छ। जिप र जिप चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .