ad ad

राजनीति


राष्ट्रियसभाका लागि नेकपा र राजपाबीच भागबण्डा

राष्ट्रियसभाका लागि नेकपा र राजपाबीच भागबण्डा

नेपालखबर
पुस २, २०७६ बुधबार १२:४५,

राष्ट्रिय सभामा प्रदेश २ बाट आउने ४ सिटमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भागबण्डा भएको छ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले प्रदेश २ का ४ सिटमध्ये दुवै दलले २/२ सिट लिनेगरी दुई बुँदे सहमति गरेका हुन्।

"अन्य पुरूष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहकाे रिक्त २ स्थानका लागि नेकपाले राजपालाइ सघाउने र महिला र दलित पुरूष समूहकाे रिक्त २ स्थानका लागि राजपाले नेकपा उमेदवारलाइ सघाउने," सहमति भएकाे हाे । साे सहमति प्रधानमन्त्री केपि शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा नेपालका संयाेजक राजेन्द्र महताेले हस्ताक्षर गरेका छन्।

Prachanda Mahatoराजपा नेपालका संयाेजक राजेन्द्र महताेलाइ सहमतिका बुँदा देखाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र साथमा प्रधानमन्त्री केपी शर्मा ओली।

साे सहमतिलाइ उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पाेख्रेलले 'ऐतिहासिक सहमति' भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

राष्ट्रियसभाका एकतिहाइ (१८ जना) सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ र ९ गते निर्वाचन हुन लागेको हो। ५९ सदस्य निर्वाचित भएकाेमा चिट्ठा प्रणाली लागु गर्दा १८ सदस्यकाे २ वर्षे कार्यकाल परेकाे हाे। अरू एक तिहाइकाे ४ वर्ष र बाँकीकाे ६ वर्षे कार्यकाल रहेकाे छ।

NCP RJPN

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .