कारोबार


नेपालमा लोकप्रिय बन्दै भिभोका स्मार्टफोन

नेपालमा लोकप्रिय बन्दै भिभोका स्मार्टफोन

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १७:३, काठमाडौँ

स्मार्टफोन ब्रान्ड भिभो नेपालमा छोटो समय अवधिमै लोकप्रिय स्मार्टफोन ब्राण्ड बनिरहेको छ। आफ्नो ग्राहक–केन्द्रित दृष्टिकोणलाई पछ्याउदै, भिभो सधैं नवीन प्रविधिद्वारा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न प्रयासरत रहेको कम्पनीले जनाएको छ। 

उत्कृष्ट क्यामेरा क्षमता, तीव्र चार्ज हुने टेक्नोलोजी, अत्याधुनिक डिजाइन लगायतमा नवीन प्रविधिमार्फत भिभोले आकर्षक विशेषताहरु प्रदान गर्दै आइरहेको छ। ब्रान्डको मुख्य फोकश भनेको ग्राहकको आवश्यकता वरिपरि केन्द्रित रहेर उनीहरूको लागि अझ उत्कृष्ट प्रविधिको विकास गर्न निरन्तर लागि पर्नु हो। 

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले नेपालमा भिभोले छोटो समयमा यति धेरै उपलब्धि हासिल गरेको देख्दा खुसी लागेको बताए। 

‘भिभोमा, हामी निरन्तर देशमा उत्कृष्ट प्रविधिहरू र अत्याधुनिक विशेषता भएका स्मार्टफोनहरू ल्याएर उपभोक्ताको मागहरू पूरा गर्दै आइरहेका छौं। भिभोले बेन्फेन (सही चीजहरू गर्ने र तिनीहरूलाई सही तरिकाले गर्ने) अवधारणामा विश्वास गर्दछ। यसैबाट निर्देशित भएर, हामी यहाँ हाम्रा ग्राहकहरू र साझेदारहरूसँग सुमधुर सम्बन्ध निर्माण गर्नुका साथै नेपालमा सेवाहरु प्रदान गर्न र विस्तार गर्न जारी राखेका छौं। हाम्रा ग्राहकहरू, च्यानल साझेदारहरू, वितरकहरू र खुद्रा विक्रेताहरूले हामीलाई दिनुभएको माया र निरन्तर सहयोगका लागि कृतज्ञ छौँ’, उनले भने। 

नेपालमा शुरुवातदेखि नै भिभोले ग्राहकको आवश्यकता र सन्तुष्टिमा विशेष ध्यान दिँदै आइरहेको छ। हाल भिभोको देशभर १०००+ रिटेल स्टोरहरू छन्। र, नेपालमा विभिन्न स्थानमा रहेका ४ वटा सर्भिस सेन्टरमार्फत भिभोले सहजै ग्राहकहरुको समस्या समाधान गर्दै आइरहेको छ। साथै, भिभोले आफ्ना उपभोक्ताहरूलाई थप सेवा तथा सुविधाहरु प्रदान गर्न प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म भिभो सर्भिस डे तथा अन्य विभिन्न पहलहरू संचालन गर्दै आइरहेको छ। 

भिभो सर्भिस डेका दिन ग्राहकहरूले फोन सफा गर्न, डिस्इफेक्टेन्ट, सिस्टम रिकभरी, सफ्टवेयर अपग्रेड, एक–घण्टा फ्ल्यास मर्मत, निशुल्क श्रम मर्मत र सुरक्षात्मक स्टिकरहरू सहित बिक्री पछिका सेवाहरूको निःशुल्क लाभ लिन सक्नेछन्।

भिभोले आफुलाई अभिव्यक्त गर्न र फ्यानहरूलाई पनि त्यसमै उत्प्रेरित गर्न नेपालमा सँधै सक्रिय रूपमा अभियानहरू सञ्चालन गर्दै आएको छ। भीआर गर्जियस अभियानअन्तर्गत भिभोले प्रयोगकर्तालाई सेयर योर गर्जियस स्टोरी नामक प्रतियोगिता मार्फत आफ्नो रुपान्तरणको यात्रा सेयर गरेर अरुलाई पनि हौसला प्रदान गर्न उत्प्रेरित गरेको थियो। त्यसैगरी, भिभोटाइन फोटोग्राफी प्रतियोगितामार्फत, ब्रान्डले फ्यानहरूलाई आफुलाई विशेष लाग्ने तस्बिर क्लिक गरेर फोटोग्राफीको सृजनात्मक प्रतिभालाई बाहिर निकाल्ने प्लेटफर्म दिएको थियो।

नेपाली प्रयोगकर्ताप्रति कृतज्ञता प्रकट गर्न भिभोले दशैं अभियान लगायत चाडपर्व अफर र अन्य अभियानहरुमार्फत धेरै अफर र छुटहरू पनि प्रदान गर्दै आइरहेको छ। भिभोले एकतामा विश्वास गर्छ र हरेक दिनलाई उत्सवको रुपमा लिन्छ। साथै, चाडपर्वहरूमा विशेष अफरहरू मार्फत, भिभोले मानिसहरूलाई सबैमा खुशी र प्रेम फैलाउन प्रोत्साहित गर्दछ। 

भिभो नवीनता र प्रविधिमा विश्वास गर्ने ब्रान्ड हो जसले प्रत्यक्ष रूपमा जीवनशैली र जीवन जिउने तरिकालाई सुर्धान मद्दत गर्दछ। यसलाई सुनिश्चित गर्दै, भिभोले सबैका आवश्यकताहरू पूरा गर्न विभिन्न प्रकारका नवीन र अत्याधुनिक उत्पादनहरू प्रदान गर्दछ। वाई शृङ्खलाका स्मार्टफोनहरू युवा श्रोताहरूका लागि शक्तिशाली प्रदर्शन, उच्च गुणस्तरको क्यामेरा र ब्याट्रीका साथ तिनीहरूको हरेक आवश्यकता पूरा गर्न र तिनीहरूको जीवन शैलीलाई समर्थन गर्न डिजाइन गरिएको हो। 

अर्कोतर्फ, भी सिरिजले नयाँ क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन, र प्रचलित डिजाइनका साथ सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई फेसनशील रहन र फोनलाई आफ्नो स्टाइलसंग म्याच गर्न सक्षम बनाउँछ। भी सिरिजले भी२३ र भी२५ सिरिजमा रंग परिवर्तन हुने ग्लास टेक्नोलोजी ल्याएको छ जसले प्रयोगकर्ताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। 

प्रयोगकर्ताहरूलाई उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्नुका साथै भिभोले नेपालका आफ्ना कर्मचारीहरूलाई समानान्तर रूपमा प्राथमिकतामा राखेको छ। भिभोमा विभिन्न –एफएमसीजी, आतिथ्यता, इलेक्ट्रोनिक्सलगायत विभिन्न उद्योगको अनुभव बटुलेका ५० भन्दा बढी स्थानीय कर्मचारीहरू छन्। भिभोले कार्यस्थलमा सिकाइ वातावरणको महत्व र आवश्यकतालाई बुझेको छ जसले कर्मचारीहरूको कामप्रति सन्तुष्टि सुनिश्चित गर्दै भिभोसँगै आफुलाई वृद्धि गर्न सक्षम बनाउँछ।

भिभोका कर्मचारीहरूलाई निरन्तर नवीनतामा प्रोत्साहित गरिन्छ र उनीहरूको क्यारियर विकासका लागि आवश्यक स्थान र स्रोतहरू प्रदान गरिन्छ।

भिभोले नेपालमा उत्कृष्ट स्मार्टफोन अनुभवहरू प्रदान गर्न आफ्नो नवप्रवर्तन–नेतृत्वको दृष्टिकोणबाट अवसरहरू पहिचान गरी चुनौतीहरू पार गर्दै अगाडि बढ्ने आशा राखेको छ।

नेपाली प्रयोगकर्ताहरुले देखाएको निरन्तर माया र समर्थनका कारण आज भिभो देशकै लोकप्रिय स्मार्टफोन ब्रान्ड बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad