अपराध


फेक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने पक्राउ

फेक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने पक्राउ

सांकेतिक तस्बिर


नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १७:११, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाइ महिलाको चरित्र हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने वर्ष १९ को सुमित कुमार थापा रहेका छन्।

उनले समिरा शर्मा (बेबी) नामको फेक आईडी बनाइ उक्त आईडी को वाल, टाइमलाइनमा पीडित महिलाहरुको तस्बिरको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्बिर राखी स्ट्याटस लेखेर पोस्ट गर्ने गरेको प्रहरीले जनाएको छ।

साथै, पीडित जाहेरवालाको बारेमा अनर्गल, अश्लील शब्दहरु स्ट्याटस लेखि पोस्ट गर्नुका साथै उक्त फेक आईडीको म्यासेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुक एकाउन्टको म्यासेनजरमासमेत पीडितको बारेमा विभिन्न अश्लील म्यासेजहरु गरी पीडितको बदनाम, बेइज्जत गरी, अनावश्यक मानसिक तनाव, दुःख हैरानी दिई, चरित्र हत्या हुने कार्य गर्ने गरेका थिए।

थापालाई प्रहरीको साइबर ब्यूरोले ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीको सहयोगमा पक्राउ गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३, अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .