ad ad

कारोबार


राजधानीमा विद्युतीय बस सेवा विस्तारमा नगर विकास कोषले सहयोग गर्ने

राजधानीमा विद्युतीय बस सेवा विस्तारमा नगर विकास कोषले सहयोग गर्ने

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १९:१४, काठमाडौँ

नगर विकास कोषले दिगो सहरी यातायात कार्यक्रमअन्तर्गत सरकारका सम्बन्धित निकायको समन्वयमा काठमाडौँ उपत्यकामा विद्युतीय बस विस्तार गर्ने योजना अघि सारेको छ। 

यो कार्यक्रमलाई अन्य ठूला सहरमा पनि थप्दै लैजाने योजना रहेको कोषले जनाएको छ। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, त्रिवि केन्द्रीय भूगोल विभाग, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), ‘साउथ एसिया इन्स्टिच्युट अफ एड्भान्स्ड स्टडिज’ (एसआईएएस), ‘प्राक्टिकल एक्सन साउथ एसिया अफिस’लगायत संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘भोलिको सहर’ विषयक कार्यशाला गोष्ठीमा कोषका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले सहरी पूर्वाधार विकास कार्यक्रमलाई पनि सहयोग गरिरहेको जानकारी दिए। 

अहिले पनि साझा यातायात, सुन्दर यातायातलगायत कम्पनीले केही मात्रामा भए पनि राजधानीमा विद्युतीय बस सेवा सञ्चालन गरेका छन्। कोषले विद्युतीय बस सेवाका लागि सहयोग गरेपछि राजधानी सहरको वातावरणीय सुधारमा पनि योगदान पुग्ने विश्वास गरिएको छ। 

देशभरका ८८ नगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले सुशासन प्रवर्द्धन, नगरपालिकालाई सुव्यवस्थित रूपमा सञ्चालनका लागि क्षमता विकास, खानेपानी पूर्वाधार एवं सरसफाइजस्ता कार्यक्रममा नगरपालिकालाई सहयोग भइरहेको उल्लेख गरे। 

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नगरपालिकालाई विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग गरिएको जानकारी दिए।

यूके एडका तर्फबाट सहरी योजनाविद् सरोज बस्नेतले सहरमा सम्पदा संरक्षणको कार्यक्रमका लागि प्राविधिक सहयोग माग भइरहेको सुनाए। पोखरा महानगरपालिका, जनकपुर र बुटवल नगर क्षेत्रमा हाल युके एडले कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .