ad ad

कारोबार


लगानीकर्तालाई उत्साहित बनाउँदै वाणिज्य बैंक, गर्न थाले लाभांश घोषणा

लगानीकर्तालाई उत्साहित बनाउँदै वाणिज्य बैंक, गर्न थाले लाभांश घोषणा

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १९:२३, काठमाडौँ

बैंकले गरेको कारोबारबाट निस्केको नाफा लगानीकर्ताहरुले लिने समय आएको छ। गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण यही पुस मसान्त सम्ममा हुन्छ। 

अहिले बैंक तथा वित्तीय संस्थाहरुले कति लाभांश वितरण गर्ने त्यसको घोषणा गर्न थालेका छन्। गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट बैंकहरुले लाभांश वितरण गर्न सक्छन्। तर, उक्त वितरणको लागि बैंकको सञ्चालक समतिले मात्रै निर्णय गरेर पुग्दैन। त्यसको लागि राष्ट्र बैंकले अनुमति दिनुपर्ने हुन्छ भने साधारण सभाले पारित गर्नुपर्ने हुन्छ। 

हालसम्म लाभांश घोषणा भएका बैंक तथा वित्तीय संस्थाहरुको लाभांश उत्साहजनक देखिएको छ। प्रायः बैंक तथा वित्तीय संस्थाले विगतको भन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेका छन्। 

वाणिज्य बैंकहरुमा हालसम्म सिटिजन्स बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक,ग्लोबल आइएमई बैंक र सानिमा बैंकले लाभांशको घोषणा गरेको छन्। 

यी बैंक मध्ये सबैभन्दा धेरै बैंक अफ काठमाण्डूले लाभांश वितरण गर्ने भएको छ। बैंकको गत वर्षको नाफाबाट करिब १५ प्रतिशत (१४ दशमलव ९५ प्रतिशत) नगद र ६ प्रतिशत बोनस सेयर गरी कूल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ दशमलव ६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। त्यसमा बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १० दशमलव ६ प्रतिशत हुने बैंकले जानकारी गराएको छ। 

कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण घोषणा गरेको छ।  

एनसीसी बैंकले गत आर्थिक वर्ष नाफाबाट चुक्ता पुँजीको सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ३ दशमलव ३७ प्रतिशत बोनस सेयर र ७ दशमलव ६३ प्रतिशत नगद रहने जनाएको छ। 

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ० दशमलव ९८ प्रतिशत नगद लाभांश गरी कूल १० दशमलव ९८ प्रतिशत लाभांश वितरण गर्ने घोष्णा गरेको छ। 

यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यस बैंकले आफ्नो लभांश वितरण  गर्ने प्रक्रिया समेत सम्पन्न गरेको छ। बैंकको साधारण सभाले उक्त प्रस्ताव पारितसमेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .