ad ad

कारोबार


पर्यटन, जलविद्युत र सडकमा लगानी गर्न बेलायतलाई आग्रह

पर्यटन, जलविद्युत र सडकमा लगानी गर्न बेलायतलाई आग्रह

नेपालखबर
पुस १, २०७६ मंगलबार ११:१७,

अर्थमन्त्री युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटले अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन्।

भेटमा अर्थमन्त्री डा खतिवडाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिए। साथै, नेपालको सहयोगमा बेलायत सरकारबाट सदियौंदेखि प्राप्त सहयोगको लागि धन्यवाद पनि दिए।

भेटमा अर्थमन्त्रीले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, राजस्व क्षेत्रमा भएका सुधार, व्यापारको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए।

बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले लगानीको वातावरणमा सुधार भएकोले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह गरे।

अर्थमन्त्री खतिवडाले भूकम्प पश्चातको पुनर्निर्माणका लागि बेलायत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिए। नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गर्दै अर्थमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी बेलायती पर्यटकलाई भ्रमण गर्न समेत आग्रह गरे।

राजदुत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने बताइन्। उनले बेलायत सरकारले नेपालको स्थायित्वलाई खुशीका साथ हेरिरहेको बताउदै नेपालको प्राथमिकता अनुसार बेलायत सरकारले आगामी दिनमा सहयोग गर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .