ad ad

खेल


पुलिस क्लब र हिमालयन शेर्पाले ए डिभिजन लिगमा अंक बाँडे

पुलिस क्लब र हिमालयन शेर्पाले ए डिभिजन लिगमा अंक बाँडे

नेपालखबर
पुस १, २०७६ मंगलबार ११:१३,

कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले गोलरहित बराबरी गरेका छन्।

काठमाडौंस्थित दशरथ रगंशालामा मगंलबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि समान १–१ अंक बाँडेका हुन्।

खेलको पहिलो हाफमा आक्रामक रुपमा मैदान उत्रिएको पुलिसले पाएको केही अवसरको समेत सदुपयोग गर्न सकेन। यसअघि आजै भएको पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० ले पराजित गर्दै न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको पहिलो खेलमा जितसँगै एनआरटीले अंक तालिकामा ३ अंक जोडेको छ। एनआरटीको जितमा सरोज तामाङले २ तथा जुनियर अंगी नाइकेंग र जोर्डन जुनियर निडेम्बाले एक–एक गोल गरे।

लिगमा बुधबार रुस्लान थ्रीस्टार र हिमालयन शेर्पाबीच एन्फा मैदानमा मध्यान साढे १२ बजे पहिलो खेल हुनेछ। भोलि नै सशस्त्र प्रहरीको एपीएफ र मनाङ मस्र्याङदीबीच दशरथ रगंशालामा दिउँसो साढे २ बजे दोस्रो खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .