ad ad

कारोबार


साताको पहिलो दिन नै घट्यो बजार, ८० करोडको सेयर कारोबार

साताको पहिलो दिन नै घट्यो बजार, ८० करोडको सेयर कारोबार

नेपालखबर
असोज ३०, २०७९ आइतबार १५:७, काठमाडौँ

साताको पहिलो दिन नै सेयरबजारमा ९.६९ अंकको गिरावट आएको छ। नेप्सेसँगै सेन्सिटिभ सूचक पनि आइतबार १.७२ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

कुल २२१ कम्पनीको कारोबार भएकामा २५ लाख ७४ हजार कित्ता सेयर मात्रै बिक्री भएको नेप्सेले जनाएको छ। 

१६ हजार पटकमात्रै भएको कारोबारमा ८० करोडको मात्र किनबेच भएको हो। 

आज व्यापार, होटल र पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, सामूहिक लगानी कोष र लगानी समूहको सूचक घटेको हो। 

 आज ३० वटा कम्पनीको सेयर बढे पनि १४८ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ। अभियान लघुवित्त, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका सेयरधनीले कमाए पनि अन्यले उल्लेख्य कमाउन सकेनन्। 

आज एभरेष्ट बैंक लिमिटेडको ८ करोडको सेयर किनबेच भएको छ। लगानीकर्ताले १० प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .