राजनीति


प्रचण्डले भने : ओनसरीलाई जिताएर पठाउनु, विकासे मन्त्री बनाएर पठाउँछु

प्रचण्डले भने : ओनसरीलाई जिताएर पठाउनु, विकासे मन्त्री बनाएर पठाउँछु

नेपालखबर
असोज ३०, २०७९ आइतबार १५:१९, काठमाडौँ

सत्ता गठबन्धनले आइतवार काठमाडौंको काँडाघारीमा क्षेत्र नम्बर २ का उम्मेदवारको परिचयात्मक कार्यक्रम गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको उपस्थितिमा उक्त कार्यक्रम भएको हो।

कार्यक्रमलाई सम्बोधनका क्रममा माओवादी अध्यक्ष प्रचण्डले नेतृ ओनसरी घर्तीलाई उम्मेदवार बनाएर पठाउनु कठमाडौं क्षेत्र नम्बर २ का जनताप्रतिको सम्मान भएको बताए। 

'गठबन्धनमा काठमाडौं क्षेत्र नम्बर २ टुंगिएको थिएन। माधवजी पनि रौतहट जाने निर्णयमा हुनुहुन्थ्यो', उनले भने, 'ओनसरी घर्तीभित्र मैले केही प्रतिभा छ भनेको थिएँ। उहाँले पार्टीबाट जहाँ भए पनि लड्छु भन्नु भएको थियो। ओनसरीसहित सबैलाई जिताउनुस्। उहाँलाई विजयी बनाएपछि म राम्रो विकासे मन्त्री बनाएर पठाउँछु।'

उनले गोरखामा जस्तै काठमाडौंमा पनि निर्वाचन चिह्नलाई लिएर आग्रह पूर्वाग्रह नगर्न भने। 

'रुखले कलममा, कलमले रुखमा कसरी हाल्ने भन्ने भएको छ। हामीले धेरै पहिलेदेखि रुख र हँसिया हथौडालाई एक बनाइसकेका हौँ', उनले भने, 'कम्युनिष्ट पार्टी र कांग्रेसको झण्डा एकसाथमा राखेर उभिएका थियौँ।गणन्त्र  र संघीयता ल्याउनु सही हो भने रुखवालाले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा भोट हाल्न डराउनु हुँदैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .