कारोबार


नेपाल एसबीआई बैंकले १६.८४ प्रतिशत लाभांश दिने

नेपाल एसबीआई बैंकले १६.८४ प्रतिशत लाभांश दिने

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १०:२८,

नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभाले १६.८४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ।

बैंकको आइतबार काठमाडौंमा बसेको २६ औं आर्षिक साधारणसभाले उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावमाथि छलफल गरी पारित गरेको हो।

बैंकले कुल चुक्ता पूँजीको १०.८४ प्रतिशत अर्थात ९१ करोड ६० लाख ७६ हजार ६ सय ३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ। त्यस्तै साधारणसभाले चुक्ता पूँजीमा ६ प्रतिशत अर्थात ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव समेत पारित गरेको छ। बैंकका अध्यक्ष बी.आर.एस सत्यनारायणले बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित लाभांश पारित गरिएको घोषणा गरे।

त्यस्तै साधारण सभाले स्वतन्त्र सञ्चालक तर्फ बिमला सुवेदीलाई नियुक्त गरेको छ। यसबाहेक बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने तथा आवस्यक सहमति गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती गर्ने/गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कमहरु गर्न गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad