कला


बलिउड अभिनेत्री पायल रोहतगी पक्राउ, यस्तो छ कारण

बलिउड अभिनेत्री पायल रोहतगी पक्राउ, यस्तो छ कारण

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १०:२९,

चर्चित रियालिटी शो बिग बोसबाट चर्चामा आएकी बलिउड अभिनेत्री पायल रोहतगीलाई प्रहरीले पक्राउ गरेको छ।

रोहतगीलाई राजस्थानको बुन्डी प्रहरीले अहमदाबादबाट पक्राउ गरेको हो। अहमदाबाद प्रहरीले पायलको पक्राउको पुष्टि गरेको छ भने उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई पक्राउ गरिएको जानकारी दिएकी छन्।

बुन्डी प्रहरी एसपी ममता गुप्ताले पायललाई पक्राउ गरी जयपुर ल्याइएको जानकारी दिएकी छन्। उनले भनेकी छन्, ‘पायल रोहतगी पक्राउ गरी बुन्डी ल्याइएको छ। उनले पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूको बारेमा गलत टिप्पणी गरेकी थिइन।’बुन्डी प्रहरीले पक्राउ परेकी पायलविरुद्ध आईटी ऐनको धारा ६६ ६७ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

पायलले ट्विटमा भनेकी छन, ‘मोतिलाल नेहरूको भिडियो बनाएको आराेपमा राजस्थान पुलिसले मलाई पक्राउ गरेको छ। भिडियोमा दिइएको जानकारी मैले गुगलबाट लिएकी हुँ, के अभिव्यक्ति स्वतन्त्रता भनेको मजाक हो?’ पायलले यस भिडियोमा पीएमओ भारत र गृह मन्त्रालयलाई ट्याग गरेकी छन्।

Payal Rohatgi

 खबरअनुसार सामाजिक सञ्जालमा २१ सेप्टेम्बर २०१९ मा पायल रोहतगीको तर्फबाट एक भिडियो र पोस्ट गरिएको थियो। जसमा पूर्व स्वतन्त्रता सेनानी मोतीलाल नेहरू र पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरू र इंदिरा गान्धीको बारेमा आपत्तिजनक टिप्पणी गरिएको थियो। यो टिप्पणीको विरोधमा समाजसेवी तथा कांग्रेसका युवा नेता चर्मेश शर्माले उनीविरूद्ध उजुरी दिएका थिए।

पूर्वप्रधानमन्त्री लाल बहादुर शास्त्रीको मृत्युको सम्बन्धमा पोष्टमा पनि यस्ता कुरा लेखिएको कुरा शर्माले आरोप लगाएका छन्। जसले भारतको वैदेशिक सम्बन्धलाई असर गर्न सक्छ। यो पोस्टले धार्मिक भावनाहरुलाई चोट पुर्‍याउने उनको भनाइ छ। उनले यो राष्ट्रिय एकता र अखण्डताको विपरीत भएको दावी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad