कारोबार


वायुसेवा निगमले मार्चबाट ग्वाञ्जाओ र नारिता उडान भर्ने

वायुसेवा निगमले मार्चबाट ग्वाञ्जाओ र नारिता उडान भर्ने

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ९:४६,

नेपाल वायुसेवा निगमले भ्रमण वर्ष २०२० सँगै थप २ अन्तर्राष्ट्रिय उडान सुुरु गर्ने भएको छ।

मंसिर २६ गते बसेको कार्यकारी समितिको बैठकले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान गर्ने निर्णय गरेको हो।

निगमका प्रवक्ता सुलेख मिश्रका अनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वाञ्जाओ मार्चको दोश्रो साता उडान गर्नेछ। उडान थपिएपछि पर्यटकहरुको संख्यामा उल्लेखनीय बृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेे उनले बताए।

दुई गन्तव्यको उडान थपिए पछि ए ३२० न्यारोवडी र ए३३० वाइडवडीको उडान घण्टामा वृद्धि भै पूर्ण उपयोगमा आउने छन्। यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाञ्जाउ, भारतको दिल्ली, बैंगलौर, मुम्वई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुनेछन्।

निगमसँग हाल दुई ए३२० न्यारोवडी र दुई ए३३० वाइडवडी विमानहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad