कारोबार


राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक सचेतना

राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक सचेतना

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ९:३६,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक सचेतना कार्यक्रम सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

पूर्व ट्राफिक प्रहरी निरीक्षक एवं ट्राफिक भोलिन्टियर सिताराम हाछेथुले सचेताना सम्बन्धी कक्षा सञ्चालन गरेका थिए। कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रम मार्फत ध्यान दिईरहेको बताए। प्रशिक्षक सिताराम हाछेथुले बैंकिङ्ग क्षेत्रमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए। उनले भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचलन गरिएको सचेतना कार्यक्रम दैनिक अस्त व्यस्त बन्दै गईरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनको लागि बैंकका केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको होे।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिती थियो। कार्यक्रम ब्रान्च अपरेशन विभागका उप प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad