राजनीति


प्रचण्डले भने : एक वर्ष स्थायी समिति बैठक नहुनु गम्भीर कमजोरी

प्रचण्डले भने : एक वर्ष स्थायी समिति बैठक नहुनु गम्भीर कमजोरी

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ९:५५,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एकवर्ष सम्म गर्न नसक्नु गम्भीर कमजोरी भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समिति सदस्यहरुसँग बताएका छन्।

प्रचण्डको अध्यक्षतामा आइतबार पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा स्थायी समिति सदस्यहरुले एक वर्षसम्म सो समितिको बैठक किन बस्न सकेन भनी प्रश्न गरेका थिए।

स्थायी समिति सदस्य भीम रावलका अनुसार प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले सो कुरा बताएका हुन्।

यसअघिको स्थायी समिति बैठक गतवर्ष मंसिर २९ मैं बसेको र आइतबार मंसिर २९ कै दिन भएकोमा केही सदस्यहरुले ‘आजको बैठकलाई वार्षिकोत्सवको रुपमा लिउँ न’ भनी नेताहरुप्रति व्यंग्यात्मक रुपमा समेत कुरा उठाएको बैठकका एक सहभागीले जानकारी दिए।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तय गरेका एजेन्डामा छलफल गर्न स्थायी समिति बैठक बसेको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालयले राजनीतिक प्रतिवेदन पारित गर्ने, सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने, केन्द्रीय कमिटिको अर्को बैठकको मिति तोक्ने र नेपाल भारत सीमा समस्या लगायतका विषयमा स्थायी समितिमा छलफल गर्ने तय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad