ad ad

कारोबार


जम्बो इको भेइकलको दसैँ तिहार जम्बो अफर– सात हजारदेखि १० लाखसम्म उपहार

जम्बो इको भेइकलको दसैँ तिहार जम्बो अफर– सात हजारदेखि १० लाखसम्म उपहार

नेपालखबर
असोज १२, २०७९ बुधबार १८:५४, काठमाडौँ

नेपालमा विभित्र ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी बिक्री गर्दै आएको जम्बो इको भेइकलले चाड–पर्वलाई लक्षित गरी दसैँ–तिहार जम्बो अफर ल्याएको छ। 

यस अफर अन्तरगत जम्बो इको भेहिकलले बिक्री बितरण गर्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले सिधै नगद रु ७ हजारदेखि रु ३५ हजारसम्म छुट पाउनका साथै रु १० लाख बराबरको दुर्घटना बीमा पाउने छन्।

इलेक्ट्रिकल स्कुटरको इतिहासमै पहिलो पटक यति ठूलो सुविधा दिएको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले दाबी गरे।

लोकन्थली (जडिबुटी) भक्तपुरमा मल्टिब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकल ले हाल सस्तोमा रु ७५ हजारदेखि रु ३ लाख २० हजारसम्म पर्ने ईलेक्ट्रिकल स्कुटर  तथा सवारी साधन बिक्री वितरण गर्दै आएको छ।

फरक–फरक मोडेलमा फरक फरक छुट भएतापनि प्रत्येक साधनमा रु १० लाख बराबरको दुर्घटना बीमा गरिएको न्यौपानेले जानकारी दिए।

जम्बो इकोले लिथियम आयन युक्त उत्तकृष्ट प्रविधीका इलेक्ट्रिकल स्कुटर, इलेक्ट्रिकल साइकलका साथै शारीरिक रुपले अपाङ्ग भएका व्यक्तिका लागि इलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउँदै आएको छ। 

चीन लगायत अन्य मुलुकबाट इलेक्ट्रिकल लगायत अन्य सवारी साधन आयातमा समस्या देखिएतापनि जम्बो इकोले चाड पर्वलाई लक्षित गरि स्टक उपलब्ध गराएको र ग्राहकले रोजी–छानी इलेक्ट्रिकल स्कुटरहरु लोकन्थली नरेफाँटस्थित शोरुमबाट सजिलै खरिद गर्न सक्ने कम्पनीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .