समाज


तीव्र गतिमा थपिँदै डेंगु संक्रमित, एकै दिन चारजनाको मृत्यु

तीव्र गतिमा थपिँदै डेंगु संक्रमित, एकै दिन चारजनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज १३ , काठमाडौँ

लामखुट्टेको टोकाइबाट फैलिने डेंगुबाट पछिल्लो २४ घण्टाभित्र नेपालमा चारजनाले ज्यान गुमाएका छन्। 

मंगलबारसम्म डेंगुबाट ज्यान गुमाउनेको संख्या ३२ रहेकोमा पछिल्लो २४ घण्टायता मात्रै थप चारजनाको मृत्युपछि यो संख्या ३६ पुगेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको अपडेट अनुसार  साउनदेखि हालसम्म देशभर ३६ संक्रमितको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु देखिएको छ। 

लुम्बिनीमा ३ हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५ गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु देखिएको छ। 

मन्त्रालयले एडिज प्रजातिको पोथी लामखुट्टेबाट सर्ने डेंगुबाट जोगिन लामो बाउला भएका लुगा लगाउन सर्वसाधारणलाई भनेको छ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगु देखिएको थियो। त्यसयता हरेक तीन वर्षमा डेंगुले महामारीको रुप लिने गरेको छ। 

असोज १२, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad