कारोबार


पश्चिम रुकुमको मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

पश्चिम रुकुमको मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

नेपालखबर
असोज १२ , काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पश्चिम रुकुम जिल्लाको मुसिकोट न.पा.वडा न.१ स्थित २६२औं शाखा कार्यालय मुसिकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। 

बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। 

उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको बताउंदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए। सो समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगरपरिक्रमा गरिएको थियो ।

बैंकको कर्णाली प्रदेशिक कार्यालयका उपप्रमुखको केसबराज खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रदेश मन्त्री एवं सांसद गोपाल प्रसाद शर्मा, प्रदेश सांसद देवी ओली, आठबिसकोट नगरपालिकाका प्रमुख रबि के.सी., मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र के.सी., त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार के.सी., सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर बिष्ट, पश्चिम रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष पल बहादुर खड्का, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक मुन बहादुर बुढा, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो। 

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, २६८ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । 
 

असोज १२, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad