कारोबार


टीभीएसद्वारा सुर्खेतमा एओजी राइड आयोजना

टीभीएसद्वारा सुर्खेतमा एओजी राइड आयोजना

नेपालखबर
असोज ३, २०७९ सोमबार १८:३, काठमाडौँ

टीभीएसले सुर्खेतमा ग्राहकवर्ग लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ। 

असोज १ गते कम्पनीले सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित उक्त राइडअन्तर्गत ३५ जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए।

कार्यक्रमअन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विक लगायतको सहभागीता थियो । उनीहरुले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुसी व्यक्त गरे। 

उनीहरुले राइडका क्रममा सडक सुरक्षासम्बन्धी थप जानकारी समेत मिलेको बताए। कार्यक्रममा मन्तब्य राख्दै विकले भने, ‘यो हाम्रो लागि गर्वको कुरा हो। पश्चिम नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु।’

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समय वाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .