कारोबार


गहनापोखरी वरपर राउन्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्ज आयोजना

गहनापोखरी वरपर राउन्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्ज आयोजना

नेपालखबर
असोज ३, २०७९ सोमबार १८:७, काठमाडौँ

हाडीगाउँको गहनापोखरी वरपरको क्षेत्रमा राउण्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्ज आयोजना गरिएको छ।

राउन्ड टेवल इन्टरनेशनल वेस्ट च्यालेन्ज अन्तर्गत आइतबार काठमाडौं हाडीगाउँस्थित गहनापोखरी आसपासको क्षेत्रको सरसफाई गरिएको हो।

डेंगुको संक्रमणलाई समेत ध्यानमा राखेर सरसफाइ गरिएको आयोजकले जनाएको छ। 

सरसफाइसँगै सचेतनासमेत फैल्याइएको राउण्ड टेवल नेपालका राष्ट्रिय अध्यक्ष राहुल अग्रवालले बताए। 

त्यसैगरी गहनापोखरी वरिपरि र खेलमैदान नजिकैकै प्रहरी कार्यालयमा पनि डस्टबिन राखिएको थियो। 

कार्यक्रममा राउण्ड टेवल इन्टरनेशनलका उपाध्यक्ष जयन्त अग्रवाल, लेडिज सर्कल इन्टरनेशनलका एप्याक चियर आरती अग्रवाल, लेडिज सर्कल नेपालकी अध्यक्ष मानसा अग्रवाल, फोटी वान क्लब अफ नेपालका राष्ट्रिय अध्यक्ष मनोज दास तथा राष्ट्रिय बोर्ड सदस्यहरू र अन्य टेबलरहरूको सहभागिता रहेको थियो। 

त्यस्तै देशभरबाट संकलन गरिएका बिग्रिएका कम्युप्टर, ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक सामग्रीहरु काठमाडौंस्थित डोको नामक संस्थालाई हस्तान्तरण गरिएको राउण्ड टेवल नेपालका महासचिव दिवस सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad