ad ad

कारोबार


कसरी हुँदै छ भ्रमण वर्षको तयारी?

 कसरी हुँदै छ भ्रमण वर्षको तयारी?

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार १३:४१,

नेपाल भ्रमण वर्ष–२०२०को उद्घाटन  पुस १६ गते (जनवरी १) मा सातवटै प्रदेशमा भव्यताका साथ हुँदै छ। संघीय सरकारले काठमाडौंको दशरथ रंगशालामा र प्रदेश सरकारले विभिन्न सहरमा भ्रमण वर्ष–२०२० को शुभारम्भ गर्न लागेका छन्।

नेपाल भ्रमण वर्षको विश्व भरनै प्रचार–प्रसार गर्नका लागि सरकारका मातहतका निकायहरूमा प्रचार–प्रसार तीव्र पार्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ।

नेपाल बाहेक विदेशमा सबै कुटनीतिक नियोगमा जनवरी ७ मा उद्घाटन हुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता रुद्र सिंह तमाङले सबै देशका दुतावास र महावाणिज्य दुतावासमा कार्यक्रम हुने बताए।

प्रवक्ता सिंहले दुतावासहरुका फरक फम्र्याटमा कार्यक्रम हुने बताए। ‘हामीले प्रचार प्रसार सामग्री उपलब्ध गराउँछौं। कहाँ कसरी कार्यक्रम गर्ने त्यहाँका प्रमुखको जिम्मा हो,’ उनले भने ‘सबैलाई यसरी गर भनेर नेपाल सरकारले भनेको छैन। नेपालमा बढी पर्यटक आउने देशमा र पर्यटक नै नआउने देशमा कार्यक्रमको ढाँचा फरक हुन्छ।’

नेपाल भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज बैद्यले नेपाललाई ‘नन–स्टप डेस्टीनेसन’को रुपमा प्रचार प्रसार गरिरहेको बताए। उनले कसरी भ्रमण वर्षलाई सफल बनाउन सकिन्छ भनेर दूतावास र एनआरएनसँग मिलेर काम गरिरहेको बताए।

‘युरोपका सबै राजदूतलाई एकै ठाउँमा बोलाएर छलफल गरिसेका छौं’ उनले भने ‘बैंककमा एसियाका सबै राजदूतलाई छलफल गरिसक्यौं भने ओमनमा मध्यपूर्वका राजदुत छिटै छलफल गर्दैछौं।’
उनले हालै लण्डनको हाउस अफ लड्स (अपर हाउस) को कन्फरेन्स हलमा एक कार्यक्रम गरेको जानकारी पनि दिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोसीले डिजिटल मार्किटिङमा फोकस गरेको बताए। उनले ४० भन्दा बढी ठाउँमा बीटुबी मार्फत प्रचार गरेको जानकारी दिए। ‘अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपाल चिनाउनको लागि एक्स्पोमा स्टल लिएर प्रचार प्रसारको काम गरिरहेका छौं,’ उनले भने ‘नेपालमा गन्तब्यको कुनै कमि छैन। होटेलको क्षमता २५ लाख भन्दा बढी धान्न सक्ने क्षमता छ। हाम्रो समस्या पूर्वधार र कनेक्टीभिटी हो। त्यसमा सुधार हुँदै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .