छ्याङ पारखीहरुको यसप्रतिको चाहनालाई मध्यनजर गर्दै आकर्श ग्रुपले तारागोब तिब्बत छयाङ्ग कम्पनीद्वारा उत्पादित जौको बार्ली छ्याङ उपभोक्तामाझ बजारमा ल्याएको छ।
बार्ली छ्याङ पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा विशिष्ट स्वादको उत्पादन बजारमा ल्याएको हो।
तिब्बतको ३ हजार ५ सय मिटरभन्दा बढी उचाइमा खेती भएको जौबाट उत्पादन गरिएको बार्ली छ्याङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वादअनुसार रहेको छ।
३५० एमएलको क्यानमा पाइने यो १.५ प्रतिशत अल्कोहल रहेको छ्याङ्गको १२५ रुपैयाँ र १० प्रतिशत अल्कोहल रहेको छ्याङ्गको २२५ रुपैयाँमा उपलब्ध हुनेछन्।
अन्तर्राष्ट्रियस्तरको छ्याङ्ग अनुभवको माग पारखीहरुमा बढेकाले, त्यो मागको पूर्ति गर्न आर्कश ग्रुपले बजारमा ल्याएको जनाएको छ।
राजधानी र नेपालका प्रमुख सहरहरुमा यसै महिनादेखि बिक्रीवितरण सुरु हुने भए पनि नेपालभर भने केही समयमै सुरु हुने बताइएको छ।

प्रतिक्रिया