कारोबार


मास प्रिन्टरबाट स्मार्ट लाइसेन्स छपाइ सुरू, चार महिनाभित्र सबैले लाइसेन्स पाउने

मास प्रिन्टरबाट स्मार्ट लाइसेन्स छपाइ सुरू, चार महिनाभित्र सबैले लाइसेन्स पाउने

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार १०:४०,

यातायात व्यवस्था विभागले मास प्रिन्टरले स्मार्ट लाइसेन्स छपाइ सुरु गरेको छ। आइतबारदेखि दिनको एक सिफ्टमा छपाइको काम सुरु गरेको विभागले जनाएकाे छ।

विभागका महानिर्देशक गोगन हमालले मास प्रिन्टरले काम सुरु गरेको जानकारी दिए।

उनले भने, ‘प्रिन्टिङको काम सुरु भयो। दिनको ८ घण्टा छपाइ भइरहेको छ। मेसिनले एक दिनमा २५ सयदेखि ३ हजारसम्म छपाइ गरिरहेको छ।’

अर्को हप्ताबाटै चाैबीसै घण्टा प्रिन्टिङ हुने उनले बताए। उनका अनुसार मास प्रिन्टर फुलफेजमा चले चार महिनामा सबैलाई वितरण गरिसकिनेछ। 

अहिले झण्डै आठ लाख सवारीसाधन सञ्चालन अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्न बाँकी रहेको बताएको छ।

विभागका अनुसार कहिले प्रिन्टरको अभाव हुने, कहिले स्मार्ट कार्ड नै नहुने समस्याका कारण मागअनुसारको लाइसेन्स छाप्न नसकिएको हो।

लाइसेन्स कार्ड अभाव भएपछि विभागले राजस्व तिरेको रसिदकै भरमा सवारी चलाउन पाउने भन्दै सेवाग्राहीलाई एक वर्षदेखि कुराइरहेको छ।

विभागले २०७२ मंसिरबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो। तर आजसम्म लाइसेन्स वितरणको काम नियमित हुनसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad