ad ad

कारोबार


दसैँ–तिहारमा स्काईवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’

दसैँ–तिहारमा स्काईवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १७:४९, काठमाडौँ

केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैँ–तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्समा ‘स्काईवर्थ’ क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ।

यो क्याम्पेनअन्तर्गत ग्राहकहरुले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन्। 

विगत ५ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाइरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाइ बन्दै आइरहेको कम्पनीको दाबी छ। स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको कम्पनीले जनाएको छ।

स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ। 

ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काईवर्थको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .