ad ad

कर्णाली


जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १७:५०, सुर्खेत

जाजरकोटमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो जाजरकोट–डोल्पा सडक अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८ मालुवातडा नजिक ट्रक दुर्घटनामा परेको हो। 

रुकुम जिल्लाको राडीदेखि मैदा (पिठो) लिएर जाजरकोट तल्लुबगर जाँदै गरेको भे१ख३७३६ नम्करको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाई रहेको छ।

कर्णाली प्रदेश प्रहरीकाअनुसार ट्रक सडकदेखि तल भेरी नदीको किनारमा खसेको थियो। 

ट्रक दुर्घटनामा मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा रोल्पा गंगादेव गाँउपालिका–३ का नविन डाँगी घाइते भएका छन्। उनको उपचार भइरहेको छ। 

ट्रक चालक भेरीगंगा नगरपालिका–६ सुर्खेतका लक्षीराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .