ad ad

कारोबार


पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा सुबिसु बन्यो इन्टरनेट पार्टनर

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा सुबिसु बन्यो इन्टरनेट पार्टनर

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ११:४०,

सुबिसु केबलनेट प्रालि पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनर हुने भएको छ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्विन्स इभेन्ट नेपालका प्रबन्धनिर्देशक छुम्बि लामा एवं नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस वर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो।

प्रत्येक खेलमा उत्कृष्ट क्याचर ‘क्लियर टिभी क्लियर क्याच’ तथा ‘फास्टेस्ट फिफ्टी’लाई उपहारस्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .