ad ad

कारोबार


आठ मेगावाटको अपर नौगडगाड आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडियो

आठ मेगावाटको अपर नौगडगाड आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडियो

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ११:३४,

अपी पावर कम्पनीले २०७६ कात्तिक १३ गतेदेखि माथिल्लो नौगड गाड आयोजनाको (८ मे.वा.) निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरेको छ। योसँगै दार्चुला जिल्लामा कम्पनीले दोस्रो आयोजना सम्पन्न गरेको छ। यो आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा ऊर्जा उत्पादन गर्नेछ।

यो विद्युत् बिक्रीबाट कम्पनीले पहिलो वर्ष २७.४८ रुपैयाँ करोड आय आर्जन गर्नेछ। यो आयमा वार्षिक तीन प्रतिशतका दरले वृद्धि हुनेछ। अत्तरिया बलाच १३२ केभी ट्रान्समिसनलाइनमा जडान भई विद्युत् प्रवाह भएको हुँदा यो आयोजनाको विद्युत् सहज ढंगले प्रवाह गर्न सकिएको छ।

कम्पनीले बैंकको ऋण तथा सञ्चालन खर्च कटाई बचेको रकमबाट सेयरधनीहरुलाई लाभांश उपलब्ध हुनेछ र यो लाभांशको दरमा प्रतिवर्ष वृद्धि हुँदै जानेछ।

यो आयोजना निर्माणको लागि नेपाल एसबीआई बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाइटेड फाइनान्स कम्पनीले सहवित्तीयकरणअन्तर्गत १ अर्ब २० करोड कर्जा उपलब्ध भएको छ । यो आयोजनाको कुल लागत १ अर्ब ६० करोड रहेको छ।

यस आयोजनामा आन्ड्रित्ज हाइड्रोद्वारा उत्पादन गरिएको दुई सेट टर्बाइन तथा जेनरेटरलगायतका उपकरणहरु जडान गरिएको छ। यसअघि २०७२ साल भदौमा कम्पनीले नौगड गाड आयोजना ८.५ मे.वा. साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ। यो आयोजना विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ।

कम्पनीले आफना सेयरधनीहरुलाई नियमितरुपमा लाभांश वितरण गरिरहेको  समेत जनाएकाे छ।

अब कम्पनीले सोही क्षेत्रमा नयाँ आयोजनाको रुपमा ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने भएको छ। यसका लागी चािहने सबै स्विकृतिहरु प्राप्त भएको छन । चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिमाञ्चल प्रदेशको दुर्गम जिल्ला दार्चुलामा अवस्थित आयोजना हो।

यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न गरी सञ्चालन गरेको अत्तरिया–बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिने हुँदा यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति प्रसारणको लागि सजिलो भएको छ। यो आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ।

उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ७० प्रतिशत वर्षात् महिनामा उत्पादन हुनेछ। यो आयोजना नेपाल विद्युत् प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ ।

अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३.२ डायमिटरको पेनस्टक पाइपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिने कम्पनीले जनाएको छ।

यो अपर चमेलिया जलविद्युत आयोजना निर्माणको लागी जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान छ। यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानीबाट र बाँकी रु. ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .