ad ad

कारोबार


मलेसिया राेजगारी खुलेसँगै हिमालयले पुनः थाल्याे क्वालालम्पुर उडान

मलेसिया राेजगारी खुलेसँगै हिमालयले पुनः थाल्याे क्वालालम्पुर उडान

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १०:५३,

हिमालय एयरलाइन्सले काठमाडाैं–क्वालालम्पुर उडान फेरि सुरु गरेको छ। सोमबारदेखि मलेसियाको क्वालालम्पुरमा हिमालयकाे जहाजले पुनः उडान सुरु गरेको हो।

हिमालयले क्वालालम्पुरको लागि पहिलो उडान २०१७ को फेब्रुअरी १० मा गरेको थियो। वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एयरलाइन्सको मलेसियाको उडान स्थगित गरेको थियो।

मलेसियामा कामदार लैजाने बाटो खुल्नुका साथै नेपाल भ्रमण वर्ष पनि नजिकै आएकोले फेरि उडान सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार गत सोमबार हिमालय एयरलाइन्सको जहाज १ सय ५० यात्रु लिएर मलेसिया उडेको र ८२ जना यात्रु लिएर मंगलबार काठमाडाैं फर्किएको छ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुवै देशका यात्रुहरुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्ने बताए। उनले दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै भने, ‘दुवै बजारबाट यस उडानका लागि ठूलो माग भइरहेको छ र दुई देशको सरकारबीच भएको श्रम सम्झौताले यात्रु संख्या पनि बढ्ने देखिन्छ।’

यो सञ्जालले मलेसियामा काम गर्नै ठूलो संख्यामा रहेका नेपालीहरुलाई मात्र सेवा प्रदान गरी नेपाल भित्रिने मलेसियन पर्यटकहरु वृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ।

हिमालय एयरलाइन्सले काठमाडाैं–क्वालालम्पुर रुटमा सोमबार र बिहीबार गरी हप्ताका २ वटा उडान गर्नेछ। दुवै रुटमा बिजनेस क्लासका लागि ४० किलो र इकोनोमी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क उपलब्ध गराएको छ।

कम्पनीले चीनका विभिन्न गन्तव्यमा पनि उडान सञ्चालन गरिरहेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .