ad ad

कारोबार


पर्यटन संस्था टानसँग भ्रमण वर्ष सचिवालयले गर्‍यो ११ बुँदे समझदारी

पर्यटन संस्था टानसँग भ्रमण वर्ष सचिवालयले गर्‍यो ११ बुँदे समझदारी

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १०:४१,

नेपाल भम्रण वर्ष २०२० सचिवालय र ट्रेकिङ एजेन्सिज एसोसिएसन आफ नेपाल (टान) बीच भम्रण वर्ष २०२० लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्न ११ बुँदे समझदारी भएको छ।

समझदारीपत्रमा नेपाल भम्रण वर्ष २०२० सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका हुन्।

समझदारीमा टानका सदस्य कम्पनीहरुले पदयात्रा प्याकेजमा विदेशी पदयात्रीहरुलाई २० प्रतिशतसम्मको छुटको व्यवस्था गर्न अनुरोध गर्ने सहमति भएको छ। सहमतिका बुँदामा टानले १ सयभन्दा बढी मुलुकका साहसिक खरिदकर्ता बिक्रीकर्तालाई सहभागी गराई नेपाल साहसिक पर्वतीय पर्यटन मार्ट आयोजना गर्ने, नेपालका सुदुरपूर्व र सुदूरपश्चिम क्षेत्रहरुमा नयाँ पदयात्रा गन्तव्यको पहिचान गरी त्यसको बजारीकरण गर्ने उल्लेख छ।

त्यस्तै टानले साहसिक पर्यटन क्षेत्रमा आवश्यक पर्ने चार हजार व्यक्तिलाई विभिन्न तालिम प्रदान गर्ने, भम्रण वर्षको उद्घाटनको दिन टानले विदेशी पर्यटकहरुलाई सहभागी गराई नेवारी भोजको आयोजना गर्ने समझदारी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .