ad ad

कारोबार


सेयरबजार ७ अंकले बढ्यो, ३५ करोडको कारोबार

सेयरबजार ७ अंकले बढ्यो, ३५ करोडको कारोबार

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १०:२०,

कारोबारको अन्तिम दिन आज सेयरबजार ७.४५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार मापक नेप्से उक्त अंकले बढेर ११३१.९२ विन्दुमा आइपुगेको छ। ठूला कम्पनीको कारोबार सूचक शून्य दशमलव ९१ अंकले बढेको छ।

बजारमा आज १ सय ६८ कम्पनीका १० लाख ९५ हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ६ हजार पटकको खरिदबिक्रीबाट ३५ करोड ८८ लाखको सेयर कारोबार भएको छ। आज कुल बजार पुँजीकरण १४ खर्ब र तरल बजार पुँजीकरण ५ खर्बको रहेको छ।

आज बजारमा कुल १२ समूहको कारोबार भएकामा उत्पादनबाहेक सबै समूहको कारोबार सूचक हरियो छ। आज जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्सको कारोबार सूचक उच्च अंकले बढेको छ।

धेरै कारोबार गर्ने कम्पनीमा आज नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ। कम्पनीको ३ करोड ५१ लाखको सेयर कारोबार भएको छ। त्यस्तै एनएमबी बैंकको २ करोड २२ लाखको, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ करोड २६ लाखको, नेपाल बैंकको १ करोड २४ लाखको, हिमालयन डिस्टिलरीको १ करोड १७ लाखको र सामुदायिक लघुवित्त वित्तीय संस्थाको १ करोड १३ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

यस्तै आज कमाइमा भने समिट लघुवित्त वित्तीय संस्थाका सेयरधनी अगाडि छन्। उनीहरुले प्रतिकित्ता ४१ रुपैयाँ आम्दानी गरेका छन्। त्यसपछि गणपति माइक्रोफाइनान्सका सेयरधनीले ३३ रुपैयाँ, सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५१ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। आज घाटा व्यहोर्ने कम्पनीमा भने दिव्येश्वरी हाइड्रोपावरका लगानीकर्ता परेका छन्। उनीहरुले प्रतिकित्ता ७.०२ प्रतिशत गुमाएका हुन्। त्यस्तै, वरुण हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीले ३.७० प्रतिशत, महुली सामुदायिक लघुवित्तका सेयरधनीले ३.६९ प्रतिशत घाटा व्यहोरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .