अटो क्षेत्रको लोनको कडाइ र सरकारले आयातमा समेत राजस्व बढाउनु जायज भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।
मौद्रिक नीतिको लागि निजी क्षेत्रसँगको अन्तर्क्रियामा उनले धेरै आयात हुने वस्तुको रुपमा अटो रहेकोले यसलाई कडाइ हुन अहिलेको विषम परिस्थिति प्रमुख रहेको बताएका हुन्।
उनका अनुसार आयातमा धेरै खर्च हुनेमा पेट्रोलियम पदार्थको रहेको र त्यसपछि गाडी देखिएको छ। त्यसकारणले यी वस्तुमा कडाइ गरिएको हो। यो अवस्था र हालको समस्यालाई एकसाथ लिएर हेर्न उनले भनेका छन्।
नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापाले सरकारलाई राजस्व धेरै आउने क्षेत्र भनेको अटो हो भन्ने सरकारलाई थाहा भएको र त्यसकारणले गर्दा यसलाई च्याप्नुपर्छ भनेर सरकारले हरेक वर्ष योजना नै बनाएको आरोप लगाए।
अटोलाई अनुत्पादक भन्ने गरिएको जनाउँदै उनले अटो धेरै कुरामा उत्पादन नै हुने बताए।
उनले भने, 'यसलाई त्यसरी परिभाषित गर्न मिल्दैन। हायर पर्चेज कर्जा ५० प्रतिशत कायम हुँदा पनि। ७ महिनादेखि ७० प्रतिशत व्यापार ठप्प छ। लोनको कडाइलगायतका समस्याहरु यसमा जोडिएका छन्।'
डिलरहरुले जुन किसिमको लोन लिएका छन्। उनीहरुले तिर्न नसकेकोले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनले बताए।
Shares
प्रतिक्रिया