ad ad

राजनीति


प्रधानमन्त्री ओली अझै एक/दुई दिन अस्पतालमै

प्रधानमन्त्री ओली  अझै एक/दुई दिन अस्पतालमै

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ६:५४,

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ।

स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्जको तयारी भइरहेको चर्चा चले पनि प्रधानमन्त्री ओली अझै एक-दुई दिन अस्पतालमै बस्ने उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको तत्काल डिस्चार्ज गर्ने तयारी नरहेको प्रस्ट पारे। ‘तत्काल डिस्चार्ज गर्ने भन्ने छैन’, नेपालखबरसँग कुरा गर्दै थापाले भने, ‘अझै एक-दुई दिन उहाँलाई आईसीयुमै मेडिकल अब्जर्बेसनमा राखिनेछ।’

पेट दुख्ने र वाकवाकी लाग्ने समस्याका कारण प्रधानमन्त्री ओली यही मंसिर १० गते महाराजगन्जस्थित कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनका एपेन्डिसाइटिस देखिएपछि सोहीदिन अप्रेसन गरिएको थियो।

अप्रेसनपछि अस्पतालमै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

सेन्टरका निर्देशक प्रा।डा। उत्तमकृष्ण श्रेष्ठले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दे प्रधानमन्त्री ओलीलाई मेडिकल अब्जरवेसनमा राखिएको बताएकका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्युको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकन (मेडिकल अब्जरवेसन) मा राखिएको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

bigyapti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .