काठमाडौं महानगर पालिकाले स्वयम्भू र बौद्धलाई काठमाडौं महानगरपालिका मातहत ल्याउन पहल गर्ने भएको छ।
मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्वसम्पदा सूचीमा रहेका पशुपति, बौद्ध, स्वयम्भू र वसन्तपुरलाई संरक्षण गर्ने उल्लेख गरेका हुन्।
नीति तथा कार्यक्रममा जात्रा, पर्व, संस्कृतिको परिचयात्मक समेटी ‘कल्चरल प्रोफाइल अफ काठमाडौं सिटी’ प्रकाशन गरिने उल्लेख रहेको छ।
ऐतिहासिक महत्वका चोक तथा स्थानहरुलाई पहिचान खुल्ने गरी नेपालभाषामा मौलिक नामकरण गर्ने नीति ल्याउने भएको छ।
108
Shares

प्रतिक्रिया