काठमाडौंमा कल सेन्टर खोलेर ठगीमा संलग्न भएका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले धुम्बाराहीमा अर्बि नेक्सस नामको कल सेन्टर खोलेर ठगीमा संलग्न भएको अभियोगमा २ जना भारतीयसहित १३ जनालाई पक्राउ गरेको हो।
भारतीय समूहले खास गरी अमेरिकास्थित प्रौढ र वृद्ध मानिसहरुलाई लक्षित गरी ठगी गरेको खुलेको छ। उनीहरुले कल सेन्टरका नाममा ग्राहहरुको कम्प्युटर नै ब्लक गरिदिएर विन्डोज सपोर्ट दिने भन्दै ठगी गरेको साइबर ब्यूरोले जनाएको छ।
कम्प्युटरमा समस्या आएको भन्दै पटक पटक गुनासो लिएर आउँदा ठगीमा पर्ने गरेका थिए। यसलाई साइबर ब्युरोले कल सेन्टरमा नाम अनलाइन स्क्यामिङ भनेको छ।
318
Shares

प्रतिक्रिया