ad ad

कारोबार


गण्डकी सरकारको बजेट ३५ अर्ब ९० करोड, भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारको बजेट ३५ अर्ब ९० करोड, भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता (पूर्णपाठ)

वसन्त अर्याल
असार १, २०७९ बुधबार १७:२६, पोखरा

गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरेको छ। 

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गरेका हुन्। 

जसमा चालू १३ अर्ब २६ करोड अर्थात् ३६ प्रतिशत र २२ अर्ब १४ करोड आर्थत ६१ प्रतिशत रहेको छ। वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १.३९ प्रतिशत छ। 

स्रोत केन्द्रको अनुदान १६ अर्ब ५४ करोडबाहेक राजस्व बाँडफाँटबाट ९ अर्ब २३ करोड र आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड र रोयल्टीबाट ३२ करोड स्रोत ल्याउनेछ।  

गण्डकी प्रदेशले चालू आर्थिक वर्षको लागि ३० अर्ब ३ करोडको बजेट विनियोजन गरेको थियो। जसमा चालूतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३.५ प्रतिशत, पूँजीगततर्फ १६ अर्ब ७३ करोड अर्थात् ५५.७ प्रतिशत र वित्तिय व्यवस्थातर्फ २४ करोड अर्थात् ०.८ प्रतिशत बजेट विनियोजन गरेको थियो। 

जसमा स्रोतको व्यवस्थापमा संघीय सरकारबाट समानीकरण अनुदान ७ अर्ब ४२ करोड, सशर्त अनुदान ४ अर्ब १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड करोड रुपैयाँ रहेको छ। 

त्यस्तै राजस्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड, रोयल्टीबाट प्राप्त हुने ३० करोड र आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड उठ्ने अनुमान रहेको छ। ४ अर्ब  नपुग हुने बजेटमा मौज्दात २ अर्ब र १ अर्ब आन्तरिक र १ अर्ब संघीय सरकारबाट ऋण लिने उल्लेख रहेको थियो।

गण्डकीले जेठ १६ गतेसम्म चालू खर्च ३४.८६ प्रतिशत र पुँजीगत ४१.३६ प्रतिशत खर्च भएको थियो। गण्डकी प्रदेशले चालू आथिक वर्षमा ७५ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री बरालले जानकारी दिए। 
 
गण्डकी प्रदेशले स्थानीय तहमा अनुदान बढाएको छ। १ अर्ब १६ करोड समानीकरण अनुदान, समपूरक अनुदानतर्फ ५० करोड ७० लाख, सशर्त अनुदान १८ करोड १० लाख र विशेष अनुदान २६ करोड ३० लाख बजेट विनियोजन गरिएको छ। प्रदेशबाट राजस्व बाँडफाँटबाट ७२ करोड हुने अनुमान गरिएको छ। 

भौतिक पूर्वधारलाई मुख्य प्राथमिकता
गण्डकीले भौतिक पूर्वधार र स्वास्थ क्षेत्रलाई प्राथमिकता दिएको छ। गण्डकी प्रदेशले सडक र पुलकोलागि १० अर्ब बजेट विनियोजन गरेको छ।  प्रदेश अर्थमन्त्री बरालले आर्थिक वर्ष २०७९÷०८०को बजेट २०६ किलोमिटर सडक कालोपत्रे हुने बताए। 

२० वटा सडक पुल र १५ वटा झलुर्गे पुल निर्माण हुने छ। स्थानिय तहको केन्द्रमा सडक नपुगेको ठाउँमा सडक पुर्याउन बजेट विनियोजन गरेको छ। 

प्रदेशिक लोकमार्ग, उत्तर दक्षिण सडक निर्माणमा प्राथमिकता दिएको उल्लेख गरेको छ। पोखरा विमानस्थलदेखी फेवातालसम्म द्रुर्तमार्ग बनाउन संभ्भाव्यता अध्ययन गर्ने भएको छ।

सवारी साधनको कर अनलाइनबाट गर्ने बजेट व्यवस्था गरिएको अर्थमन्त्रीले उल्लेख गरेका छन्। चालक र सहचालकलाई प्रदेशले तालिम प्रदान गर्ने भएको छ। 

पोखरा महानगरपालिका भित्र, स्मार्ट लाइट लगायतको बजेट विनियोजन गरिएको छ। स्थानीय तहको पूर्वधार विकास गर्न ५० करोड बजेट विनियोजन गरिएको छ। 

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष सवारी साधन खरिद नगर्ने भएको छ। खरिद नै गर्नुपर्ने भए विद्युतीय गाडी मात्रै खरिद गर्ने व्यवस्था गरेको छ। 

त्यस्तै जनता आवस कार्यक्रमकोलागि १७ करोड रुपैयाँ विनियोजन गरेको छ। एक धारा एक कार्यक्रम, विद्युत लिफ्टीङमा लाग्ने विद्युत महशुल छुटकोलागि ५ करोड बजेट विनियोजन गरेका छन्। 

आगामी आर्थिक वर्षकोलागि उज्जालो गण्डकी प्रदेश अभियान सञ्चालन गरिनेछ। प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने भएको छ। जलविद्युतमा वित्तीय लगानी गर्न ३५ करोड बजेट विनियोजन गरेको छ। 

सामुदायिक विद्यालयमा सुधारकोलागि १० करोड बजेट विनियोजन गरिएको छ। 

धौवादी फलाम खानीकोलागि १५ करोड बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेशका अर्थमन्त्री बरालले आर्थिक वर्ष २०७९÷०८०को बजेटमा उक्त कुरा व्यवस्था गरेका हुन्। 

स्याउमा आत्मनिर्भर 
विद्यालयमा दिवा खाजा स्थानीय उत्पादन नै खुवाउनुपर्नेछ। त्यस्तै एक निर्वाचन क्षेत्र एक कृषि सडक ३६ करोड बजेट विनियोजन गरिएको छ। स्याउमा आत्मनिर्भर गर्ने कार्यक्रमको लागि १७ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।

चालू आर्थिक वर्षमा पनि स्याउमा उत्पादनमा आत्मनिर्भर हुन स्याउ खेती विकास कार्यक्रम, पशुखोप कार्यक्रम, एक सहकारी एक उत्पादनका कार्यक्रम प्राथमिकता पाएका थिए। 

पशुखोपको लागि १० करोड बजेट विनियोजन गरिएको छ। पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेट कार्यक्रममा समावेश गरिएको छ। एक स्थानीय तह एक प्रमुख पर्यटकीय पदमार्ग बनाउने भएको छ। ताल संरक्षणकोलागि २ करोड बजेट विनियोजन गरिएको छ। सरकारी कर्मचारीकोलागि विदा पर्यटन कार्यक्रमको निरन्तरता पाएको छ। स्टार्टअपलाई प्रोत्साहन गर्न बजेट व्यवस्थापन गरिएको छ। 

स्वास्थ्यलाई प्राथमिकता 
चालू आर्थिक वर्षको बजेटमा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको लागि एयर लिफ्टिङ्ग, बहुक्षेत्रीय पोषण सुधार, स्वास्थ्य पूर्वाधार, स्वास्थ्य बीमा सरकारले गर्ने बजेटमा व्यवस्था रहेको थियो।

एयर लिफ्टिङको लागि आगामी आर्थिक वर्षकोलागि ४५ लाख बजेट विनियोजन गरेको छ। स्वास्थ्य पूर्वाधारको लागि १३ करोड बजेट विनियोजन गरेको छ। 

स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तालाई निरन्तरता दिएको छ। लम्जुङ हस्पिटललाई प्रदेश मातहत ल्याउन ७ करोड बजेट विनियोजन गरिएको छ। डाइलासिस, महिला र बालबालिकाको क्यान्सर रोगमा सहयोग गर्ने भएको छ। विद्यालय नर्सकोलागि आवश्यक बजेट व्यवस्था गरेको छ। 

एक जिल्ला एकसहित स्मारक पार्क,  निर्वाचन क्षेत्र पूर्वाधार, एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य, नरायाणी नदी किनारमा बीचपार्क, विकासकोलागि बजेट छुट्याएको थियो। 

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .