ad ad

फोटोफिचर


जब विमानस्थलबाट धुवाँको मुस्लो निस्क्यो (तस्बिरहरु)


विक्रम राई
असार १, २०७९ बुधबार १७:२६, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दिउँसो अचानक धुवाँको मुस्लो निस्कियो। 

तर त्यो धुवाँको मुस्लो कुनै विमान या हेलिकोप्टर दुर्घटनामा परेर निस्किएको थिएन।

बरु सम्भावित हवाई दुर्घटना भएको अवस्थामा हुन सक्ने जोखिम तत्कालै टार्न गरिएको पूर्वअभ्यासको दृश्य थियो त्यो।

नागरिक उड्डयन कार्यालयले पूर्ण संकटकालीन अवस्थाको अभ्यासका क्रममा सम्भावित दुर्घटनापछि विमानस्थलमा आगो लगाइएको थियो। 

अभ्यासका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धुवाँको ठूलो कालो मुस्लो देखिएको हो। 

वायुयान दुर्घटना भई आगलागीपछिको जस्तो देखिने गरी धुवाँको मुस्लो निकालिएको हो। धुवाँको मुस्लो छुटेसँगै विमानस्थलमा तत्कालै दमकल, एम्बुलेन्स र सुरक्षाकर्मी पुगेका थिए। 

अभ्यासका क्रममा उनीहरु उद्धार, उपचार र व्यवस्थापनमा खटिन दौडादौड गरिरहेका थिए। 

विमानस्थल संकटकालीन योजनामा हवाई उडान सेवासँग सम्बद्ध विभिन्न निकायको उद्धार टोली एयरपोर्टमा देखिए। 

सम्भावित दुर्घटनापछि गरिने उद्धारको जस्तै यो दृश्यका क्रममा दिउँसो ३ बजेदेखि करिब एक घण्टा हवाई उडान रोकियो। उद्धार अभ्यास सकिएपछि हवाई उडान-अवतरण सुरु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .