ad ad

कारोबार


सेनाले रोप्दै छ करिब ५ लाख रुख, नर्सरी र प्रयोगशाला तयार

सेनाले रोप्दै छ करिब ५ लाख रुख, नर्सरी र प्रयोगशाला तयार

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १२:५,

नेपाली सेनाले फास्ट ट्रयाक निर्माणका लागि आफूले काटेका रुखको साटो विभिन्न जातिका बोटहरु रोप्ने भएको छ। यसका लागि उसले नर्सरी नै स्थापना गरेको छ।

नर्सरीमा खयर ४० हजार ५ सय १५ वटा, इपिलिपी १५ हजार ३ सय ५५ वटा, सिमल ७ हजार ८ सय ९५ वटा, सिसाै ४ हजार ५ सय २० वटा, अमला ५ सय ५५ वटा, अन्य १ हजार ५ सय वटा गरी जम्मा ७० हजार ४ सय २० वटा बिरूवाहरू रहेका छन्। 

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले शुक्रबार फास्ट ट्रयाकको निरीक्षणका क्रममा सेनाले स्थापना गरेको राजदमार क्याम्पमा रहेको नर्सरीर गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेका छन्।

सेनाले फास्ट ट्रयाकका लागि करिब १८ हजार ६ सय ४० वटा रुख काट्नुपर्नेमा हालसम्म १७ हजार ९ सय ४९ वटा रूख काटिसकेकाे छ। सेनाले काटिएका रूखमध्ये एउटा रूख काट्दा २५ वटा राेप्नुपर्नेछ। जसअनुसार काटिने रूखमध्ये ४ लाख ६६ हजार रूख राेप्नुपर्ने हुन्छ। 

शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, रथीवृन्द, अर्थ मन्त्रालयका सह सचिव, सम्बन्धित क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको टोलीले द्रुतमार्गको स्थलगत निरीक्षण गरेको हो।

fast track inspection 2द्रुतमार्ग निरीक्षण गर्दै रक्षामन्त्री पाेखरेल। तस्बिरः नेपाली सेना

मन्त्री पोखरेलले मख्खुबेसी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव इलाका र निजगढस्थित द्रुतमार्ग सुरु विन्दुको स्थलगत निरीक्षण गरेको नेपाली सेनाले जनाएको छ। सो क्रममा उनले द्रुतमार्ग निर्माणको वस्तुस्थिति तथा कार्यप्रगतिको जानकारी लिएका थिए।

उनले राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरी आयोजना समयमै सम्पन्न गर्न आइपर्ने चुनौतीहरुबारे समेत जानकारी लिएका थिए।

निरीक्षणपश्चात् टोलीका सबै जना शुक्रबार नै काठमाडौं फिर्ता भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .