ad ad

कारोबार


नेपालमा निर्धक्क लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह

नेपालमा निर्धक्क लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ११:५३,

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पर्यटन, उर्जा, पूर्वाधार, होटल लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन्। 

काठमाडौंमा आयोजित नेपाल–चीन लगानी प्रवद्र्धन तथा परियोजना मिलान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन््। उनले पछिल्लो तीन वर्ष यता नेपालमा औषत ७ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै लगानीको वातावरण बन्दै गएको बताए। उत्पादनमा भएको वृद्धि तथा श्रमिकको आम्दानी बढेकाले खर्चगर्ने क्षमता बढेको र स्वदेशी बजार पनि बढेको बताए।

उनले चीन र भारतको बाजरमा नेपालमा उत्पादित वस्तु निर्यात गर्न सकिने भएकाले पनि औद्योगीक क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे। लगानीकर्ताको लगानीको सुरक्षा सरकारले नीतिगत रुपमा गरेको समेत अर्थमन्त्री खतिवडाले बताए। उनले नेपालमा पूर्वाधारको अभाव देखाएर लगानी रोक्नु भन्दा त्यसलाई लगानीको अवसरको रुपमा लिई, सडक तथा रेल्वे पूर्वाधारमा लगानी गर्न समेत आग्रह गरे।

कार्यक्रममा लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्तालाई एकद्धार प्रणालीमार्फत उद्योग स्थापना गर्ने व्यवस्था गरिएको समेत बताए। त्यस्तै लगानीकर्तालाई कुनै समस्या आएमा तत्काल लगानीबोर्डमार्फत समाधान हुने भएकाले लगानीका लागि कुनै झण्झट नरहेको बताए।

कार्यक्रममा लगानीबोर्डले नेपालको करनीति, हेजिङ नीति तथा लगानी सम्बन्धी नीतिहरुका विषयमा चिनियाँ लगानीकर्तालाई जानकारी गराएको थियो। चिनियाँ लगानीकर्ताहरुले पनि नेपालको पूर्वाधार, जलविद्युत, पर्यटन तथा होटल क्षेत्रमा लगानीबढाउन इच्छुक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .