ad ad

कारोबार


ट्रम्पले फेरि चुनाव जिते अमेरिकालाई अपूरणीय क्षति: अर्बपति ब्लुमबर्ग

ट्रम्पले फेरि चुनाव जिते अमेरिकालाई अपूरणीय क्षति: अर्बपति ब्लुमबर्ग

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १०:१०,

अमेरिकी सहर न्युयोर्क सिटीका अर्बपति व्यापारी माइकल ब्लुमबर्गले आधिकारिक रुपमै आगामी वर्ष हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा गरेका छन्। उनले आइतबार डेमोक्रेटिक पार्टीका तर्फबाट २०२० को राष्ट्रपतीय चुनावमा उत्रिने घोषणा गरेको एजेन्सीहरुले जनाएका छन्।

राष्ट्रपतिको दौडमा उत्रिँदै गर्दा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत खुलेर आलोचना गरेको बिजनेस इन्साइडरले जनाएको छ। उनले भने, ‘म डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिकाको पुनर्निर्माण गर्न राष्ट्रपतीय दौडमा उत्रिएको छु।’

ट्रम्पलाई थप चार कार्यकाल दिन नहुने भन्दै उनले वर्तमान राष्ट्रपतिको ‘अनैतिक’ कार्यहरुबाट वाक्क भएको बताए। वर्तमान राष्ट्रपति ट्रम्प नै अमेरिकाको लागि डर भएको उल्लेख गर्दै उनले देशको मूल्य मान्यता खतरामा परेको समेत दाबी गरे। ट्रम्पले फेरि चुनाव जिते अमेरिकालाई अपूरणीय क्षति हुने ब्लुमबर्गको दाबी छ।

आफूले चुनाव जित्नैपर्ने समेत उनले दाबी गरे। व्यावसायिक, परोपकार र सरकारी क्षेत्रका विविध अनुभव आफूसँग रहेको भन्दै उनले सोही कारण आफूले चुनाव जितेरै छाड्ने बताए।

आफ्नो क्याम्पेनको पहिलो विज्ञापनमा उनले गरिखाने अमेरिकी र मध्यमवर्गका लागि आफू निर्विकल्प भएको दाबी गरेका छन्। ५२ अर्ब डलरको सम्पत्तिको मालिक भए पनि आफू ट्रम्पभन्दा धेरै फरक रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .