ad ad

कला


अमिताभको ‘कौन बनेगा करोडपति’ बन्द हुँदै

अमिताभको ‘कौन बनेगा करोडपति’ बन्द हुँदै

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १०:११,

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्ने टिभीको लोकप्रिय गेम शो ‘कौन बनेगा करोडपतिको ११ औँ सिजन चार दिनपछि बन्द हुने भएको छ।

१३ हप्तासम्म चलेको यो शोले दर्शकको ज्ञान वृद्धिका साथसाथै मनोरञ्जनसमेत प्रदान गरेको बताइएको छ।

शोको सुरुवातमै हुनुभन्दा पहिले नै यसको पूरै योजनाबारे आधिकारिक रुपमा कार्यक्रम नै राखेर घोषणा गरिएको थियो। शोका सञ्चालक अमिताभ बच्चनले सरुवातमै यो शो १३ हप्ता चल्ने र बताएका थिए। ‘कौन बनेका करोपतिको यसपटकको यात्रा १३ हप्ता चल्ने छ र यो सिजनमा कुल ६५ एपिसोड हुनेछन्’, उनले भनेका थिए।

यसपटक शोमा एक हप्तामा ४ जना सहभागीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए। त्यसमध्ये शुक्रबारको शो कर्मवीर एपिसोडका लागि रिजर्व गरिएको थियो। यसमा वास्तविक जीवनका सफल व्यक्तिले प्रश्नको उत्तर दिएको देखियो। यो दिनेको शोमा देशमा विभिन्न कारणले चर्चित र परिचित व्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो। यस एपिसोडका खास पाहुना राष्ट्रिय प्रकोप उद्धार बलका जवानहरु रहेका थिए।

शोमा बलिउडका चर्चित कलाकारहरु पनि सहभागी भए। तापसी पन्नुदेखि इमरान हासमीसम्म गेम खेल्दै गरेको देखियो। तापसीले कर्मवीर शोमा सहभागिता जनाएकी थिइन् जसमा आदिवासी संगठनका संस्थापक डा. अच्युत सामन्त सहभागी थिए। उनले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्।

यसपटक कौन बनेगा करोडपतिमा सर्वाधिक ७ करोड राशि राखिएको भए पनि १६ प्रश्नको सही उत्तर दिँदै कुनै पनि सहभागी सो रकम हात पार्न सफल भएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .