कारोबार


कैलालीको टीकापुरमा सामुदायिक संलग्नता तथा जवाफदेहितासम्बन्धी प्रशिक्षण

कैलालीको टीकापुरमा सामुदायिक संलग्नता तथा जवाफदेहितासम्बन्धी प्रशिक्षण

नेपालखबर
मंसिर १, २०७६ आइतबार ७:३७,

सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रदेश स्तरीय तीन दिने प्रशिक्षण कैलालीको टीकापुरमा आजदेखि सुरु भएको छ ।

मानवीय गतिविधिहरुलाई अझै प्रभावकारी बनाउनका साथै सामुदायिक संलग्नता तथा जवाफदेहितालाई संस्थागत गर्न मुलुकका सवै प्रदेश र जिल्लाहरुका रेडक्रसका निकायहरुलाई सचेतना अभियान अन्तरगत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले प्रशिक्षण आयोजना गरेको हो ।

प्रशिक्षणमा नेपाल रेडक्रसका कर्णाली र सुदुरपश्चिम प्रदेश समितिहरु, र दुवै प्रदेशभित्र रहेका १९ वटै जिल्ला रेडक्रसका प्रतिनिधिहरु र केन्द्रीय कार्यालयका गरी द्दद्ध जना सहभागि हुनुहुन्छ ।

आजै विहान कार्यक्रमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटीका निर्देशक दिव्यराज पौडेलले भने, ‘सङ्कटासन्नता वा विपदमा परेका मानिसहरूलाई सहयोगको योजना तर्जुमा तथा सेवा गतिविधिहरुको कार्यान्वयन गर्दा समुदायका मानिसहरूलाई संलग्न गराउने, उनीहरुको आवाज, सवाल र पृष्ठपोषणप्रति संवेदनशील भई कार्यक्रमलाई अनुकुलित बनाउदै लैजाने तर्फ रेडक्रस संवेदनशील छ।’

रेडक्रसका गतिविधिमा समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र उनीहरुप्रतिको जवाफदेहितालाई सुदृढ गर्न अवलम्बन गरिने रणनीति र न्यूनतम गतिविधिहरुबारे जानकारी गराउन प्रशिक्षणले सहयोग पुर्याउने निर्देशक पौडेलले अपेक्षा गरे।

फरक–फरक लक्षित समूहहरूका लागि फरक–फरक तरीकाले कार्यक्रम र गतिविधिमा संलग्नता गराउने विधिहरुमा अभ्यास र छलफल गरिने कार्यक्रम रहेको छ ।

यस अघि प्रदेश नं २ र ३ को धुलिखेलमा तथा गण्डकी र प्रदेश ५ को कास्कीमा यस्तै खालको प्रशिक्षण गरिसकिएको छ । प्रशिक्षणमा बेलायती रेडक्रसको आर्थिक सहयोग रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad